‘ओपनिङमै प्रमाणित गर्न चाहन्छु’: ग्यानेन्द्र मल्ल

मेरै प्रदर्शनका कारण नेपाल विश्वकप छनोटको सुपर सिक्समा पुग्न सकेन जस्तो लाग्छ, यसमा म दु:खी छु ।

प्राविधिक हिसाबमा नेपालका सबैभन्दा निपुण ब्याट्सम्यान मानिएका ज्ञानेन्द्र मल्लका लागि पछिल्लो एक महिनामा भएको विश्व क्रिकेट लिग डिभिजन २ र विश्वकप छनोट बिर्सनलायक बन्यो । आफ्नो प्रदर्शनका हिसाबमै उनी यसलाई सम्झन चाहँदैनन् ।

नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउँदा टिममा लामो समय योगदान दिँदै आउनुभएका तपाईले यसलाई कसरी लिनुभएको छ ?मुख्य लक्ष्य कसरी टेस्ट मान्यता पाउने भन्ने थियो । त्यहाँसम्म पुग्ने वान–डे अन्तर्राष्ट्रिय मान्यता आधार हो । आफैंले खेलिरहेको अवस्थामा नेपालको प्रतिनिधित्व गर्दै यो मान्यता पाउनु मेरा लागि गौरवको विषय पनि हो । जतिखेर हामी क्रिकेट खेल्थ्यौं त्यतिखेर यो किसिमको चहल–पहल नै थिएन । खेल्दै जाँदा ट्वान्टी–२० विश्वकप नै खेल्यौं । त्यस्तै वान–डे अन्तर्राष्ट्रिय मान्यता पनि अर्को चरणको सपना थियो । क्रिकेट खेल्दा यो सम्भव पनि थिएन र सोचेका पनि थिएनौं । विश्व क्रिकेट लिग डिभिजन ५ मा हुँदा यो सम्भावनै थिएन । आफ्नो सानोतिनो योगदानमा नेपाल यो स्थितिमा आइपुग्दा सन्तुष्ट लागेको छ ।

हिजोका दिनमा नेपालको ब्याटिङ पारस, शरद र तपाईमा मात्र भरपर्दै आउँदा कुनै दिन यहाँ पुगिन्छ भनेर सोच्नुभएको थियो ?हामी तीन जना मात्र चलेर यो स्थितिमा आएको भन्ने हुँदैन । हाम्रो क्रिकेट संस्कार अझै विकसित भइसकेको छैन । हामी अझै स्कोरकार्ड हेरेर मूल्यांकन गर्छौ । त्यसबाट बाहिर आउन जरूरी छ । टिममा सबैको आ–आफ्नो भूमिका हुन्छ । सामान्य उदाहरण के हो भने पारसले १ रन लिँदा नन स्ट्राइक एन्डमा रन नजोड्नेको पनि उत्तिकै भूमिका हुन्छ । ब्याट्सम्यानले जति रन बनाए पनि बलिङ र फिल्डिङले केही गर्न सकेन भने खेल जित्दा पनि जितिँदैन । हुनसक्छ हिजोका दिनमा हाम्रो योगदान बढी थियो, तर अरुलाई नकार्न मिल्दैन । हामीले बनाएको ४०–५० सय रन भन्दा उनीहरूले बनाएको १० रनको पनि त्योभन्दा बढी महत्त्व हुनसक्थ्यो ।
वान–डे मान्यता पाउँदाको माहोल कस्तो थियो, सिनियर खेलाडी भएकाले त्यसलाई कसरी लिनुभयो ?वान–डे अन्तर्राष्ट्रिय मान्यता पाएको हो कि होइन भनेर ढुक्क हुनसकेका थिएनौं । यति मेहनत गरेर आइसक्यौं यो भन्दा तल झर्नु हुँदैन भन्ने थियो । एउटा खेल जित्यो भने वान–डे अन्तर्राष्ट्रिय दिए पनि नदिए पनि कम्तीमा हामी माथिल्लो स्तरमा पुग्थ्यौं । आयरल्यान्ड र अफगानिस्तान पनि टेस्ट राष्ट्र बनिसकेको अवस्थामा हामी एसोसिएटको शीर्ष चार राष्ट्रभित्र पथ्र्यौ । वान–डे अन्तर्राष्ट्रिय मान्यता अन्योल भए पनि अन्तरमहादेशीय कप र विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने निश्चित हुन्छ फेरि डिभिजन २ फर्कनुपर्दैन भनेर बसेका थियौं । हामीले पपुवा न्युगिनीलाई हराइसकेको र नेदरल्यान्ड्सले हङकङसँग विजय हात पारिसकेको थियो । हामी टीभीमा वेस्ट इन्डिज र अफगानिस्तानको खेल प्रत्यक्ष हेरिरहँदा कमेन्टेटरले बीच–बीचमा नेदरल्यान्ड्सले जितेपछि नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पायो भनेपछि मात्र हामी ढुक्क भयौं । पछि आईसीसीबाट यससम्बन्धी समाचार आयो । हाम्रो लक्ष्य नै भएकाले भाइबर ग्रुप ‘मिसन ओडीआई स्ट्याटस’ भनेर बनाएका थियौं । त्यसलाई ओडीआई स्ट्याटस बनाएर वान–डे अन्तर्राष्ट्रिय मान्यताको खुसी मनायौं । नयाँ खेलाडीको भविष्य देखेर खुसी लाग्यो । युवा खेलाडी भएकाले उनीहरू अझ जोसिला थिए, यसले छुट्टै सन्तुष्टि दिएको थियो । क्रिकेट अब नयाँ आउने पिँढीले पनि खेल्न पाउने भयो । त्यो पनि माथिल्लो स्तरमा भन्दा खुसी पनि थियो । मनमा चिसो पनि पस्यो । पाउन त पायो क्रिकेट संघ नै निलम्बनमा छ, ट्वान्टी–२० अन्तर्राष्ट्रिय पनि पाएको थियो तर त्यसको खासै प्रयोग गर्न सकेका थिएनौं । अब के हुन्छ भनेर मनमा बिझिरहेको थियो ।
नेपालको वान–डे अन्तर्राष्ट्रिय मान्यतामा तपाईले कस्तो किसिमको योगदान गर्न सक्नुहुन्छ भन्ने लागेको छ ? मैले दिने योगदान भनेको जहिले पनि देशका लागि केही गर्ने हो । त्यो भनेको आफूले भ्याए र शरीरले साथ दिएसम्म हो । योगदान भनेको खाली रन बनाउनमात्र होइन । मैले मैदानमा खेल्दा मात्र हुन्छ भन्ने पनि होइन । मैदानबाहिर पनि मैले क्रिकेटलाई कसरी एउटा एम्बासडरको रूपमा अगाडि लैजान सक्छु, क्रिकेटलाई कसरी संस्थागत गर्न सक्छु त्यो भूमिका बढी हुन्छ । क्रिकेट एउटा स्तरमा पुगिसकेको छ यसलाई निरन्तरता दिन खेलाडीको मात्र नभएर, प्रशंसक, एम्बासडर भएर मैदानभित्र र बाहिर अझै धेरै योगदान मैले गर्नुपर्छ जस्तो लाग्छ ।तपाईको ब्याटिङ नचल्दा टिमले कतिको हौसला दिन्थ्यो ? प्रशिक्षक, कप्तान, ब्याटिङ परामर्शदाताले के भन्थे ?टिमले कहिले पनि आउट अफ फर्म भयो खेल्न सकेनौं भनेर भनेन । मलाई स्पेस दिइरहेको थियो । कहिलेकाहिँ खराब फर्म हुन्छ भनेर भन्यो । ब्याटिङ परामर्शदाता उमेश पटुवालसँग मैले विगतमा प्रशिक्षण लिएको थिएँ । खेल्ने शैलीमा केही फरक छैन, खाली अहिले रन नलागेको मात्र हो । आत्मविश्वास देखिरहेको मात्र छैन । खेल्ने शटहरू ब्लक भएको हुनसक्छ । धेरै सोचेर हुनसक्छ । रन नहान्दा मनमा धेरै कुरा आउन सक्छ, त्यसमा ध्यान दिनु हुँदैन भन्नुहुन्थ्यो ।

Comments

Popular posts from this blog

10 things we wish we knew before playing Call Of Duty WW2

Top 17 rules for your clan to succed !

How to make 500 dollars money by Blogging+Google Adsense !!